शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरको प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा एमाले अगाडि

आइतबार, ०१ जेठ २०७९, १८ : ०७
आइतबार, ०१ जेठ २०७९

इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । अपराह्न ५ः२४ बजेसम्मको मतगणना अनुसार सत्तारुढ गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका हेमकर्ण पौडेलले ३ हजार २१ मत पाएका छन् भने एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले २ हजार २९४ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । उपप्रमुखमा एमालेका उम्मेदवार संगीता कुमारी चौधरीले २ हजार ५१९ मत पाउँदा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टले एक हजार ९२४ मत पाएका छन् ।

राप्रपाबाट प्रमुख पदका उम्मेदवार आकाश हाङ्ग लिम्बुले ३०० र उपप्रमुख पदका उम्मेदवार वविता कुमारी चौधरीले ३८७ मत पाएका छन् । इटहरी उपमहानगरको वडा नम्बर १, २, १९ र २० वडाको मत गणना भइरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप