रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेन
आइतबार, ०१ जेठ २०७९, १७ : ५३
मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेको छैन । शनिबार राति ११ बजेदेखि मतगणना रोकिएको हो । मतगणनाका क्रममा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै एमाले बाहेकका दलले गणना नगर्न दबाब दिएका थिए । राती काँग्रेससहितका राजनीतिक दलका कार्यकर्ताले मतगणनास्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन पनि गरेका थिए ।
वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उमेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको भन्दै गठबन्धनले गणना स्वीकार गर्न नसकिने जनाएको हो । स्थानीय प्रशासनले भने मतगणना सूचारु गराउन पहल गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो