ललितपुरको मेयर पदमा चिरीबाबुको दोब्बर मतले अग्रता कायमै
आइतबार, ०१ जेठ २०७९, १७ : ४१
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै दोब्बर मतान्तरका साथ अग्रता बनाएका छन् ।
महर्जनले ९८४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४४८ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ।