
जितपुर सिमरामा माओवादीका पौडेललाई एमालेकी चौधरी पछ्याउँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेललाई नेकपा एमालेकी सरस्वती देवी चौधरीले पछ्याई रहेकी छिन्।
काँग्रेस र माओवादी केन्द्रबाट मेयरमा साझा उम्मेदवार बनेका पौडेलले ४१५८ मत ल्याउँदा एमालेकी चौधरीले ३४०९ मत ल्याएकी छिन्। लोकतान्त्रिक समाजवादीका सञ्जय साहले १२५९ मत र राप्रपाका माधव त्रिपाठीले ५९५ मत ल्याएका छन्। माओवादीका पौडेलले निरन्तर अग्रता लिइ रहेका छन्।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसकी मेगा शाहले ३८९६ मत ल्याएर अग्रता लिएकी छिन्। यस्तै एमालेका भोला अधिकारीले ३६४६ मत लोसपाका विपी मोक्तानले १२४१ मत र राप्रपाकी सुष्मा मिश्रले ७०३५ मत ल्याएका छन्।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ