शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलैया उपमहानगर प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको अग्रता

आइतबार, ०१ जेठ २०७९, १७ : २४
आइतबार, ०१ जेठ २०७९

 कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले २ हजार ३७ मतसहित अग्रता लिएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार राजेश राय यादवले एक हजार २६३ मत ल्याएका छन् । 

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार प्रमोदप्रसाद गुप्ताले अग्रता बढाएका छन् । उनले १ हजार ४२५ मत ल्याएका छन् । एमालेकी उपप्रमुख उम्मेदवार रौशन परविनले १ हजार ३५५ मत ल्याएकी छन् ।

उपमहानगर प्रमुखमा लोसपाका उम्मेदवार जयप्रकाश साह तेलीले ६२ र उपप्रमुखमा नासरिन नाजले ८० मत ल्याएका छन् । कलैया उपमहानगरमा २४ घन्टादेखि वडा नम्बर १ र २ को मत गणना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप