भरतपुरमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा
आइतबार, ०१ जेठ २०७९, १६ : ५६
भरतपुर महानगरपालिकामा ५ हजार ६७७ मत गन्दा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेनुले दुई हजार ३८ मत ल्याउँदा एमालेका सुवेदीले एक हजार ९९८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६६१ मत पाएका छन् ।
उपमेयरमा भने गठबन्धनका तर्फबाट काँग्रेसका चित्रसेन अधिकारीले दुई हजार २४० मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले एक हजार ६०२ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु