ओलीको गृह जिल्लाका १० तहको प्रारम्भिक रुझान् : काँग्रेस ७ वटामा अघि हुँदा एमाले २ मा सीमित
आइतबार, ०१ जेठ २०७९, १६ : ४९
केपी ओलीको गृह जिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तहमध्ये प्रमुख पदको प्रारम्भिक नतिजामा काँग्रेस सात तहमा अग्रस्थानमा छ भने एमालेले दुईवटा र राप्रपाले एकमा अग्रता बनाइरहेको छ ।
काँग्रेसले अग्रता लिएका स्थानीय तहमध्ये कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरिगञ्ज गाउँपालिका,कमल गाउँपालिका र काँग्रेसकै बागी रहेको कन्काई नगरपालिका रहेका छन् । त्यस्तै प्रारम्भिक नतिजामा एमालेले अर्जुनधारा नगरपालिका र शिवसतासी नगरपालिकामा अग्रता लिएको छ । समाचार तयार पार्दासम्म दमक नगरपालिकामा राप्रपाका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत