सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

ओलीको गृह जिल्लाका १० तहको प्रारम्भिक नतिजा : काँग्रेस ७ वटामा अघि हुँदा एमाले २ मा सीमित

आइतबार, ०१ जेठ २०७९, १६ : ४५
आइतबार, ०१ जेठ २०७९

केपी ओलीको गृहजिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत परिणामको प्रारम्भिक नतिजा आउन थालेको छ ।  १० तह मध्येको प्रारम्भिक नतिजामध्ये काँग्रेस सात तहमा अग्रस्थानमा छ भने २ मा एमाले र १ मा राप्रपाको अग्रता छ । 

काँग्रेसले अग्रता लिएका स्थानीय तहमध्ये कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका,कमल गाउँपालिका र काँग्रेसकै वागी रहेको कन्काई नगरपालिका रहेका छन् । 
त्यस्तै प्रारम्भिक नतिजामा एमालेले अर्जुनधारा नगरपालिका र शिवसतासी नगरपालिकामा अग्रता लिएको छ । दमक नगरपालिकामा राप्रपाका मेयरले अग्रता लिएको निर्वाचन आयोगले अपडेट गरेको  आधिकारिक साइडमा उल्लेख छ । झापाका बाँकी ६ वटा स्थानीय तहको प्रारम्भिक नतिजा आयोगको साइडमा अपडेट भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप