बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्लाफाँटामा माओवादी केन्द्रको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, १६ : ४४
आइतबार, ०१ जेठ २०७९

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायमै राखेको छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, एमालेका मोनिका भट्टले ५२० र  काँग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप