चार जिल्लामा जारी पुनः निर्वाचन शान्तिपूर्ण
वैशाख ३० मा स्थगित ४ जिल्लाका ७ वटा मतदान केन्द्रमा आइतबार पुनः निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार कालिकोट जिल्लाको रास्कोट गाउँपालिका स्थित रमालमस्टो मावि र पचालझरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा मतदान जारी छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता माविको २ वटा मतदान केन्द्रमा पुनः निर्वाचन भइरहेको छ । बुझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपिपल चौर माविको २ वटा मतदान केन्द्रमा पुनः निर्वाचन भइरहेको छ । जुम्लाको गुठीचौर गाउँपालिकास्थित शंकर मावि मतदान केन्द्रमा पनि मतदान भइरहेको छ ।
पार्टीगत विवादका कारण स्थगित भएको स्थानीय तह पुनः निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए । केसीले भने– ‘शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।’ विवाद भएपछि सम्बन्धित निर्वाचन अधिकृतहरूले पुनः निर्वाचनका लागि वैशाख १ मा हुनेगरी मिति तोकेका थिए ।