शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेनुसँग मतान्तर घटाउँदै विजय, उपमेयरमा अघि बढ्दै चित्रसेन

आइतबार, ०१ जेठ २०७९, १६ : २७
आइतबार, ०१ जेठ २०७९

भरतपुर महानगरपालिकाको ५५७७ मत गणना सकिएको छ।  पछिल्लो मतपरिणामअनुसार मेयर पदका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालसँग एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाएका छन् । रेनुले १९६७ मत पाउँदा सुवेदीले १९२१ मत पाएका छन् । 

यस्तै जगन्नाथ खतिवडाले ६४६ मत पाएका छन् । खतिवडा काँग्रेसको बागीका रुपमा चुनावी मैदानमा भिडेका थिए । यसैगरी उपमेयरमा काँग्रेसका चितसेन अधिकारीले अग्रता बढाउँदै लगेका छन् । उनले २१५९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १५४३ मत पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप