शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनको अग्रता

आइतबार, ०१ जेठ २०७९, १६ : २५
आइतबार, ०१ जेठ २०७९

मकवानपुरको कैलाश गाउँपालिकामा सत्तारुढ गठबन्धनले अग्रता बढाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार अगाडि रहेका हुन् । 

५५३६ मत गणना गर्दा अध्यक्ष पदमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार लोकबहादुर मोक्तानले दुई हजार ६६१ मत ल्याएका छन् । अध्यक्षमा एमालेका नरेन्द्रलाल रिजालले एक हजार ८६४ मत ल्याएका छन् । रिजालभन्दा मोक्तान ७९७ मतले अगाडि छन् । 

यस्तै, उपाध्यक्षमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका बालकुमार मल्लले दुई हजार ७८ मत पाएका छन् भने एमालेका सुकुमाया थिङले एक हजार ७५५ मत पाएकी छन् । थिङभन्दा मल्ल ३२३ मतले अगाडि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप