शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्तेढुंगा गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

आइतबार, ०१ जेठ २०७९, १६ : १२
आइतबार, ०१ जेठ २०७९

खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा नेपाली काँग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेवीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् ।
 
निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप