मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको विवाद समाधान गर्न सर्वदलीय बैठक

आइतबार, ०१ जेठ २०७९, १५ : २६
आइतबार, ०१ जेठ २०७९

भरतपुर महानगरपालिकाको मतगणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ । मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको हो।  मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ।  

अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो । 

मतगणना अवरुद्ध हुनुअघि  ५१ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् । 

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप