कटारी घटना : सर्वदलीय सहमति स्थानीयले मानेनन्, युवकको शव अझै उठेन
![कटारी घटना : सर्वदलीय सहमति स्थानीयले मानेनन्, युवकको शव अझै उठेन](https://rpcdn.ratopati.com/media/albums/udayapur-goli_X11Aadk6s3.jpg)
उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेमा वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि झडप भयो । झडपमा प्रहरीले गोली चलाउँदा स्थानिय वीर बहादुर कटुवाल ‘नविन’ले ज्यान गुमाए ।
मतपेटिका संकलन गरेर मतगणना स्थलमा लैजाने बेलामा भएको झडपमा एकजना घाइते समेत भएका थिए । शनिवार प्रमुख जिल्ला अधिकारी र त्यहाँ क्रियाशील सवै दलका प्रतिनिधिहरुको बीचमा शव पोष्टमार्टमका लागि अस्पताल लैजाने र मतपेटिका उठाउने सहमति भएको थियो । तर, सो सहमतिलाई स्थानीयले अस्विकार गरेका छन् ।
आइतबार प्रमुख जिल्ला वीरेन्द्र कुमार यादव र प्रहरी उपरिक्षक सुवास बोहरा घटनास्थलमा गएका छन् । घटनास्थलमा बसेर समस्या सुल्झाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले रातोपाटीलाई बताए ।
शनिवार कटारीस्थित नगरपालिकाको केन्द्रमा स्थानीय प्रशासन र राजनितिक दलहरूको बिचमा ‘गोली काण्ड’ छानविन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । मृतकलाई शहीद घोषण गर्न गृह मन्त्रालयका लेखेर पठाउने सहमती पनि भएको थियो । तर, स्थानीयले सो सहमति अस्वीकार गरेका हुन् । मृतक कटुवालको शव अझै उठ्न सकेको छैन । त्यहाँबाट मतपेटिका पनि उठ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओस्कार विजेता लेखक रोबर्ट टाउनको निधन
-
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल
-
मनाङको बाटो सधैँ जोखिमपूर्ण
-
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
-
बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा
-
संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न पदमबहादुर परियारको माग