शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्य बृद्धि फिर्ता नगरे आन्दोलन गर्ने एमाले अखिलको चेतावनी

आइतबार, ०१ जेठ २०७९, १४ : ५८
आइतबार, ०१ जेठ २०७९

एमाले निकट अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।  अध्यक्ष सुनिता बरालले आइतबार विज्ञप्ति जारी गर्दै मूल्य बृद्धि फिर्ता लिन सरकारसँग माग गरेकी हुन् । ‘अन्यथा अनेरास्ववियु मूल्यवृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ’, अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण जनसमुदायलाई र आम नेता कार्यकर्ताहरूलाई मूल्यवृद्धिको विरुद्धको आन्दोलनमा उत्रन आव्हान गर्दछौ ।’

निगमले हिजो मध्यरातबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक १० रुपैयाँले बढाएको थियो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप