शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा दलित समुदायका स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

आइतबार, ०१ जेठ २०७९, १४ : १७
आइतबार, ०१ जेठ २०७९

जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ  । वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका तीन जना स्वतन्त्र उम्मेदवाहरु पनि विजयी भएका हुन् ।

दलित समुदायले उक्त वडामा स्वतन्त्र उम्मेदवारका रुपमा कामीलाई अघि सारेको थियो । धनबहादुरले २८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कप्तान बहादुर शाहीले २२० मत ल्याए ।

वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन्। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल निर्वाचित भएकी छन्। महिला सदस्यमा भने काँग्रेसकी रामुदेवी काफ्ले निर्वाचित भएकी छन्।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप