मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि छानबिन गर्न सचिव महासेठको माग
नेकपा एमालेका केन्द्रीय सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलाई कारवाहीको माग गरेका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले संवैधानिक निकायका जिम्मेवार व्यक्ति भएर निर्वाचनको क्रममा मौन अवधीको समयमा एमालेका उम्मेदवारविरुद्ध षड्यन्त्र गर्न खोजेको भन्दै उनले संसदीय समितिसँग छानबिन गर्न माग गरेका हुन् ।
वैशाख २९ गतेको दिन आफू जनकपुरमा नरहेको समयमा मिडियामार्फत अन्सारीबारे समाचार सुनेको र उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू पूर्वमन्त्री जुली महतोमाथि लगाइएको आरोपप्रति आपत्ति जनाए । उनले धनुषाका प्रहरी अधिकारीहरुको भूमिका पनि शंकास्पद रहेको भन्दै सोको समेत छानबिन गर्नुपर्ने बताए । संवैधानिक निकाय जस्तो जिम्मेवार पदमा बसेर अन्सारीले राजनीति खेल खेल्नु पदीय मर्यादा विपरित रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !