आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका बुढा विजयी

आइतबार, ०१ जेठ २०७९, १३ : ४३
आइतबार, ०१ जेठ २०७९

बागलुङको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै बुढा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए । बुढाले दुई हजार सात सय सात मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले एक हजार नौ सय ९५ मत पाए । एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए ।

उपाध्यक्षमा पनि काँग्रेसकै हिराकुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादीकी इशु रसाइलीले एक हजार नौ सय ५८ मत पाएकी छन् । तमानखोलाको वडा भने दुई दलले आधा आधा जितेका छन् । १, २ र ४ मा माओवादी तथा ३, ५ र ६ मा कांग्रेस विजयी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप