बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आमाबाबुका यी साना गल्ती : जसले बच्चालाई जिद्दी बनाउन सक्छ

आइतबार, ०१ जेठ २०७९, १३ : ४१
आइतबार, ०१ जेठ २०७९

हरेक अभिभावकले आफ्ना सन्तानलाई अनुशासित हुन सिकाउँछन् तर कहिलेकाहीँ अभिभावकको अत्यधिक लाड–प्यारका कारण छोराछोरी निकै जिद्दी हुन्छन् । यसले अभिभावकलाई निकै चिन्तित पनि तुल्याउने गर्छ । आमाबुवाको अत्यधिक मायाले बच्चालाई बिगार्न पनि सक्छ । जिद्दी बच्चालाई बाहिर घुम्न लैजान पनि गाह्रो छ, किनकि उसले कुनै पनि चीज वा सामान लिन जिद्दी गर्न थाल्छ । यस्तो अवस्थामा तपाईंको बच्चाले अरूको अगाडि जिद्दी गर्दा तपाईंलाई अप्ठेरो समेत लाग्न सक्छ ।

आजको यस लेखमा हामी तपाईंलाई बच्चालाई हुर्काउँदा आमा–बुवाबाट हुने केही गल्तीबारे जानकारी दिँदैछौँ ।

१. जिम्मेवारीबाट टाढा राख्नु

अक्सर आमाबाबुले आफ्ना छोराछोरीलाई सानो सम्झेर कुनै जिम्मेवारी दिने गर्दैनन् । यसले गर्दा बच्चाले आफ्नो जिम्मेवारी बुझ्दैन र लापरवाह हुन्छ । यसबाट बच्न आफ्नो बच्चालाई बाल्यकालदेखि नै सानो भएपनि जिम्मेवारी दिने काम दिनुहोस् । उदाहरणका लागि – उनीहरूलाई आफ्नो कोठा सफा गर्न भन्नुहोस्, खाना खाएपछि बेसिनमा  प्लेट राख्न भन्नुहोस् । बच्चाहरूलाई आफ्नो स्कूलको ब्याग आफैँ मिलाउन भन्नुहोस् ।

२. आफ्नै काममा अल्झिरहनु

आजको व्यस्त जीवनमा अभिभावकहरू आफ्नो कार्यालयको काममा नै व्यस्त हुने गर्छन् । त्यसैले उनीहरू आफ्ना सन्तानलाई खासै ध्यान दिन भ्याउँदैनन् । यसैबीच अभिभावक अफिस जाँदा बालबालिका घरमा एक्लै हुन्छन् । उनीहरुसँग टिभी र मोबाइल मात्रै हुन्छन् । यस्तो अवस्थामा बच्चाले के हेर्छन् भनेर आमाबाबुलाई पत्तो हुँदैन । आमाबाबुले आफ्नो बच्चाको लागि समय निकाल्नु धेरै महत्त्वपूर्ण छ । उनीहरुलाई घुमाउन लैजानुहोस् ।

३. हरेक जिद्दी पूरा नगर्नुहोस्

हरेक आमाबाबुले आफ्नो बच्चालाई धेरै नै माया गर्छन् त्यसैले जब छोराछोरीले केहि माग्छन्, उनीहरूको हरेक माग पूरा गर्ने प्रयास गर्छन् । यस्तो अवस्थामा बच्चाहरुको मनमा आफ्नो सबै जिद्दी पुरा हुन्छ भन्ने पर्छ । उनीहरुलाई लाग्न थाल्छ कि उनीहरुले चाहेको कुरा सजिलै पूरा हुन्छ । फलस्वरुप, उनीहरुको जिद्दीपना बढेको बढ्यै हुन्छ ।

४. अनुशासन आवश्यक छ

बच्चा अनुशासनमा रहँदा सबैलाई मनपर्छ । तर यदि बच्चा जिद्दी र मात्तिएका छन् भने, उसले सबैलाई समस्यामा पार्ने गर्छ । बच्चाहरु अनुशासनमा रहन धेरै नै महत्वपूर्ण छ । आफ्ना छोराछोरीलाई सधैं ठूलाहरुको आदर गर्न सिकाउनुहोस् ।

५. उपहार नदिनुहोस्

आमाबाबुहरू आफ्नो बच्चा सधैं खुसी होउन् भन्ने चाहन्छन्, त्यसैले उनीहरू रिसाएका बेला उपहार दिएर फकाउने प्रयास गर्छन् । यस्तो अवस्थामा केटाकेटीलाई पनि लाग्छ कि उनीहरु रिसाएको बेला उपहार पाउँछन् र पछि गएर उनीहरुको बानी यस्तै हुन्छ ।

आफ्नो बच्चा हुर्काउँदै गर्दा यी गल्ती गर्नबाट जोगिनुहोस् । यसले तपाईंको बच्चालाई जिद्दी बनाउन सक्छ । बच्चाको राम्रो आचरणमा तपाईंको पालनपोषणको महत्वपूर्ण भूमिका हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप