बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

आइतबार, ०१ जेठ २०७९, १३ : २९
आइतबार, ०१ जेठ २०७९

उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ । 

विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । पानी परेपछि स्थगित मतदान प्रक्रिया पुनस् सुचारु नगरेपछि विवाद भएको थियो । मतदानका लागि उम्मेदवारसहित एक हजारभन्दा बढी सर्वसाधारण लाइनमै थिए । तर, उनीहरुले मतदान गर्न नपाएपछि विवाद भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप