शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी विजयी

आइतबार, ०१ जेठ २०७९, १३ : २०
आइतबार, ०१ जेठ २०७९

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका यमबहादुर थापामगर ८२१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवबहादुर गुरुङले ७७३ मतमात्र पाएर उपविजेता बनेका छन् । यो वडामा एमालेका उमेदवारले ४५ मत मात्रै पाए । वडाध्यक्ष थापाले काँग्रेसका उम्मेदवार गुरुङलाई ५१ मतान्तरले पराजित गरेका हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा जितेका गुरुङ  यसपटक पराजित भएका छन् ।  गण्डकी गाउँपालिका वडा न २  नेपाली कांग्रेसकी नेत्री कमला पन्तको जन्मस्थान पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप