बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको शान्तिनगर–२ मा स्वतन्त्र उम्मेदवार विजयी

आइतबार, ०१ जेठ २०७९, १३ : ०७
आइतबार, ०१ जेठ २०७९

दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवार सुनिल ओली विजयी भएका छन् । उनी ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले ५९७ मत प्राप्त गरे । यो नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको वडा हो । 

टिकट वितरणमा असन्तुष्टि जनाउँदै २७ वर्षीय ओलीले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्र खड्काले ३५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन् ।  वडाध्यक्षमा विजयी भएका ओली काँग्रेस निकट थिए तर, उनले युवाहरु राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप