शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थगित भएको जुम्लाको गज्र्याङकोटमा आधा मतदाताले भोट गरे

आइतबार, ०१ जेठ २०७९, १३ : ०७
आइतबार, ०१ जेठ २०७९

वैशाख ३० गतेको निर्वाचनमा झडप भई स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आइबतार मतदान जारी छ । ३० गते स्थगित भएको मतदान आइतबारका लागि तोकिएको थियो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार आइतबार अपरान्ह १ बजेसम्म करिब ५ सय मतदाताले मतदान गरिसकेका छन् । उक्त मतदान केन्द्रमा १ हजार ७ जना मतदाता रहेका छन् । 
वैशाख ३० गतेको निर्वाचन स्थगित भएपछि आइतबार कडा सुरक्षाकाबीच मतदान भइरहेको छ ।

मतदान स्थलमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द लगायतको सुरक्षाकर्मीको टोली खटिएको छ । मतदान स्थलको भित्री घेरामा जनपथ प्रहरी, त्यसभन्दा बाहिरी घेरामा शसस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप