छ जनालाई नइ पुरस्कार
नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई २०७८ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छ । त्यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलङ्गी श्री भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेका छन् ।
साथै मिस नेवा सुश्री कृसा महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार