
टीकापुरमा रेशम चौधरीको पार्टीलाई फराकिलो अग्रता

कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता फराकिलो देखिएको छ । उन्मुक्ति पाटीका मेयरका उम्मेदवार रामलाल डगौरा थारुले १७४५ का साथ अग्रता लिएका छ ।
उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नवराज रावल ९८३ का साथ पछ्याई रहेको अवस्था छ । ०७४ मा मेयर–उपमेयर जितेको एमाले अहिलेसम्म तेस्रो स्थानमा छ । एमालेका उम्मेदवार श्याम खत्री ७८५ पाएका छन् ।
यस्तै उपमेयरमा पनि उन्मुक्ति पार्टीका उम्मेदवार उल्का देवी विश्वकर्माले १३६१ मत ल्याएका छन् । गठबन्धनबाट माओवादीका उपमेयर उम्मेदवार खडक बहादुर शाहले १२१० मतका साथ पछ्याएका छन् । एमालेका उम्मेदवार उपमा देवी केसीले ६४८ पाएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ