शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीका ६ स्थानीय तहमा  एमालेको अग्रता

आइतबार, ०१ जेठ २०७९, १२ : ०६
आइतबार, ०१ जेठ २०७९

१० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । नेपाली काँग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ । 

एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन् । काँग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ । डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप