शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा गोपाल हमालले बनाए ६०९ मतको अग्रता, कमजोर देखियो एमाले (मत परिणामसहित)

आइतबार, ०१ जेठ २०७९, ११ : ५५
आइतबार, ०१ जेठ २०७९

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमालले अग्रता कायम राखेका छन् ।  आइतबार पौने १२ बजेको मत परिणामअनुसार आँच चुनाव चिह्न लिएका हमालले ३१५३ मत गणना सकिँदा १४७२ मत पाएका छन् ।

 यस्तै काँग्रेसका उम्मेदवार नृप वडले ८६३ मत पाएका छन् । हमाल र वडको मतान्तर ६०९ रहेको छ ।  सो उपमहानगरपालिकामा एमाले कमजोर देखिएको छ । एमालेका उम्मेदवारले मात्र १५४ मत पाएका छन् ।  यसैगरी उपप्रमुखमा भने माओवादी केन्द्रको अग्रता रहेको छ । माओवादीका उम्मेदवारले ७३८ मत पाउँदा स्वतन्त्र उम्मेदवारले ५११ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप