बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगर–१९ वडामा पनि स्वतन्त्रकै अग्रता

आइतबार, ०१ जेठ २०७९, ११ : ४१
आइतबार, ०१ जेठ २०७९

कैलाली । कैलालीको धनगढी उपमहानगरअन्तर्गत वडानम्बर १९ को मत गणना सुरु भएको छ । आइतबार बिहानबाट सुरु भएको १९ को मतगणनामा पनि मेयरका स्वतन्त्र उम्मेदवार नै अघि लागेका छन् । उपमहानगरमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल र काँग्रेसका नृप वडबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।  

१९ नम्बर वडामा एकसय मत गन्दा स्वतन्त्र ३३, नकेपा एमाले २९ र काँग्रेसको मेयर उम्मेदवारको पक्षमा २२ मत परेको छ । वडातर्फ भने एमालेका वडाध्यक्ष उम्मेदवारले अग्रता लिएका छन् । वडाध्यक्षमा एमाले ३२ र स्वतन्त्रले २८ मत पाएका छन् । यसअघि यो उपमहानगरमा वडानम्बर १ को मत गणना भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप