बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङका १० स्थानीय तहमध्ये ५ वटामा माओवादी, ४ वटामा काँग्रेसको अग्रता

आइतबार, ०१ जेठ २०७९, ११ : ३१
आइतबार, ०१ जेठ २०७९

दाङ जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरमा जेठ ३ गते मात्रै मत गणना हुने भएको छ। अहिले मत गणना भइरहेका ९ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले ५ र नेपाली काँग्रेसले ४ स्थानीय तहमा अग्रता लिएको छ। नेकपा एमालेले अहिले कुनै स्थानीय तहमा अग्रता लिएको छैन।

घोराहीमा गठबन्धनबाट माओवादी अग्रता 
यस उपमहानगरपालिकामा गठबन्धनसहित माओवादीका हेमराज शर्मा ‘डाइमन्ड’ले अग्रता लिएका छन्। मेयरमा शर्माले ३१३७ मत एमालेका नरुलाल चौधरीले २७६१ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनबाट काँग्रेसका भुपबहादुर डाँगीले ३४३० मत र एमालेकी हुमा डिसीले २६५९ मत ल्याएकी छिन्। घोराहीमा काँग्रेस र माओवादी गठबन्धन छ भने एमाले एकल रुपमा प्रतिस्पर्धामा उत्रिएको छ।

लमहीमा काँग्रेसको अग्रता 
यस नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। मेयर काँग्रेसका जोगराज चौधरीले १३३३ मत,एमालेका दण्डिराम चौधरीले १०११ मत र माओवादीका वसन्तराज शर्माले १०४७ मत ल्याएका छन्। यस्तै उपमेयरमा काँग्रेसकी लक्ष्मी योगीले १३६२ मत,एमालेकी सुशीला भुसालले १०४३ मत र माओवादीकी गंगा पाण्डेले ७९४ मत ल्याएकी छन्। यहाँ काँग्रेस, एमाले र माओवादीले एकल रुपमा प्रतिस्पर्धा गरिरहेका छन्। 

राजपुरमा माओवादीको अग्रता 
यस गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। कुल ५७५२ मत गणना गर्दा माओवादीका अध्यक्ष उम्मेदवार चक्रबहादुर खड्का ‘शिखर’ले १९१० मत ल्याएका छन्। काँग्रेसका सरदकुमार बुढाथोकीले  १७१९ मत एमालेका कुलराज गिरीले १५२४ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा माओवादीकी पुष्पा यादवले १९४२ मत, काँग्रेसकी धनपति यादवले १७५४ मत र सीता यादवले १४७६ मत ल्याएकी छिन्। राजपुरका वडा नम्बर एक एमाले ६ र ७ माओवादीले जितेको छ। राजपुरमा काँग्रेस,एमाले र माओवादी त्रिपक्षीय प्रतिष्पर्धा गरेका छन्।

बबईमा काँग्रेसको अग्रता 
यस गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ। अध्यक्षमा काँग्रेसका कुलबहादुर खत्रीले २३०० मत,एमालेका भुवनेश्वर पौडेलले १५०६ मत माओवादीका भिमबहादुर वलीले ७५५ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा काँग्रेसकी बमकुमारी खड्काले २१४० मत, एमालेकी सावित्रीकुमारी विश्वशर्मा १५०५ मत माओवादीकी अन्जु घर्ती ८१५ मत ल्याएका छन् । यस गाउँपालिकामा तीन पार्टी एकल रुपमा प्रतिस्पर्धा गरेका छन्।

शान्तिनगरमा माओवादी अग्रता 
यस गाउँपालिकामा माओवादीले अग्रता लिएको छ। अध्यक्षमा माओवादीका मोहनलाल ओलीले १००७६ मत, काँग्रेसका प्रमोद बस्नेतले १००१, एमालेका विष्णुबहादुर केसीले ८३३ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा माओवादीकी राधिका परियार १०५४ मत, काँग्रेसकी प्रेमाकुमारी बुढाथोकीले १०६९ मत र एमालेकी कमला भण्डारीले ६९९ मत ल्याएका छन्। तीन पार्टी एकल रुपमा प्रतिस्पर्धा गरेका छन्।

बंलाचुलीमा गठबन्धनबाट माओवादी अग्रता 
यस गाउँपालिकामा माओवादी र काँग्रेसबीच गठबन्धन छ। गठबन्धनबाट अध्यक्षमा माओवादीका तुलसीराम पुन ‘सुवास’ले १२४४ मत एमालेका भेषराज खत्रीले ८७३ मत ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका भक्तबहादुर जिसीले १३३९ मत एमालेका सरस्वती घर्तीले ७७२ मत ल्याएकी छिन्। काँग्रेस र माओवादी तालमेल गरेका छन् भने एमाले एकल रुपमा प्रतिस्पर्धामा छ।

गढवामा काँग्रेसको अग्रता
यस गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ। कुल २५०० मत गणना हुँदासम्म काँग्रेसका अध्यक्षका उम्मेदवार सर्वजित् डिसीले ७८५ मत ल्याएका छन्। एमालेका सहजराज अहिरले ३६८ मत र माओवादीका यामनारायण शर्मा पोखरेल ‘विश्वास’ले ५६१ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा काँग्रेसकी शारदाकुमारी चौधरीले ७७४ मत,एमालेकी सीताकुमारी चौधरीको ४४७ मत र एकीकृत समाजवादीकी शान्ति चौधरीले ४८६ मत ल्याएकी छिन्। गढवामा माओवादी र एकीकृत समाजवादीको मात्रै तालमेल छ। माओवादी र एकीकृत समाजवादी तालमेल छ भने काँग्रेस र एमाले एकल रुपमा प्रतिस्पर्धामा छन्।

राप्तीमा माओवादीको अग्रता 
यस गाउँपालिकामा माओवादीले अग्रता लिएको छ। कुल ६५०० गणना हुँदा माओवादीका अध्यक्षका उम्मेदवार प्रकाश विष्टले १८१८ मत ल्याएका छन्। काँग्रेकी जगदम्बाकुमारी चौधरीको ९८८ मत र एमालेका जगतप्रसाद पोखरेलको १३१८ मत ल्याएका छन्।

यस्तै जनमोर्चाबाट उपाध्यक्षमा केशवराज खनालले ११८९ मत,एमालेकी कमलापति चौधरीले १४२१  काँग्रेसका हरिप्रसाद भुसालले १२६९ मत ल्याएका छन्। यहाँ माओवादी र जनमोर्चाको तालमेल छ भने काँग्रेस र एमाले एकल रुपमा प्रतिस्पर्धा गरेका छन्। 

दशंगीशरणमा काँग्रेसको अग्रता
यस गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ। अध्यक्षमा काँग्रेसका शम्भु गिरीले ७४९ मत एमालेका मेघनाथ शाहले ४१७ मत,माओवादीका मणिराम चौधरीले १२० मत ल्याएका छन्। उपाध्यक्षमा काँग्रेसकी उपाध्यक्ष ६८१ मत, एमालेकी बुधनी चौधरीले ४४९ र माओवादीकी निर्मला वलीले १२६ मत ल्याएकी छिन्। तीन पार्टी एकल रुपमा भिडेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप