शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतमा १० वडामा एमाले, १ वडामा गठबन्धन विजयी

आइतबार, ०१ जेठ २०७९, ११ : ३०
आइतबार, ०१ जेठ २०७९

पर्वतमा स्थानीय तह निर्वाचनको ११ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार जलजला गाउँपालिकाकाको चारवटा वडामा नेकपा एमाले विजयी भएको छ ।

यस्तै, महाशिला गाउँपालिकाको वडा नम्बर १ होश्राङदी र वडा नम्बर २ भोक्सिङमा एमालेको प्यानल विजयी भएको हो । बिहादीको वडा नम्बर १ बाच्छामा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङसहित प्यानल नै विजयी भएको छ । उता पैंयु गाउँपालिकाका वडा नं २ त्रिवेणीमा मतपरिणाम सार्वजनिक हुँदा एमालेका नरभुपाल काफ्ले विजयी भएका छन् । पैंयु गाउँपालिका वडा नं १ टकलाकमा नेपाली काँग्रेसका मिनप्रसाद न्यौपाने विजयी भएका हुन् । 

यस्तै फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङमा एमालेकै प्यानल विजयी भएको छ । मोदी गाउँपालिका १ भुकमा  एमाले उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । जारी मतगणनामा बिहादी गाउँपालिका र कुश्मा नगरपालिकामा गठबन्धनको अग्रता कायम छ । यस्तै, जारी मतगणना मध्ये फलेबास नगरपालिका, जलजजा, मोदी, महाशिला र पैंयु पालिकामा एमालेको अग्रता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप