शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षयकुमार दोस्रो पटक कोरोना संक्रमित, कान्स फिल्म फेस्टिबलमा सहभागी हुन नपाउने

आइतबार, ०१ जेठ २०७९, ११ : १४
आइतबार, ०१ जेठ २०७९

बलिउडका खेलाडी अर्थात अभिनेता अक्षयकुमार कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको अभिनेताले ट्वीट मार्फत जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए ।

कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका छन् । फिल्म फेस्टिबलमा भारतलाई ‘कन्ट्री अफ अनर’ को रुपमा निमन्त्रणा गरिएको छ । जसमा अभिनेता अक्षयकुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरका साथ भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभागी हुँदै थिए ।

‘म कान्स २०२२ मा सहभागीका लागि निकै उत्साहित थिए । तर दुःखको कुरो मेरो कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ’ अक्षयले ट्वीटमा अगाडि लेखेका छन् ‘अब म आराम गर्छु । अनुराग ठाकुर तपाई र तपाईको टिमलाई धेरै धेरै बधाई छ ।’

अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘पृथ्वीराज’ आगामी ३ जुनमा रिलिज हुँदैछ । उनले हालै मात्र फिल्म ‘सेल्फी’ को छायांकन सकाएका छन्, भने राधिका मदानसँग एक फिल्म समेत सुटिङ सुरु गरेका छन् । उनको ‘रक्षाबन्धन’ अगष्ट ११ र ‘राम सेतु’ अक्टोबरमा रिलिज हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप