शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामेछापको सुनापति गाउँपालिका अध्यक्षमा कमानको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, ११ : ०३
आइतबार, ०१ जेठ २०७९

रामेछापको सुनापति गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका कमान खड्काले आफ्नो अग्रता कायम राखेका छन् । शुरुवाती अग्रता लिएका माओवादी केन्द्रका उम्मेदवार ठुलोकान्छा तामाङलाई पछि पार्दै खड्का अग्रता कायम राखेका हुन् ।

अहिलेसम्म सुनापति गाउँपालिका वडा नम्बर–१ गुन्सीको मत परिणाम घोषणा भएको छ ।  वडा नम्बर– १ मा कमानले ९२४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठुलोकान्छा तामाङले ८९४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार ज्ञान कुमार योञ्जनले ३३० मत पाएका छन् ।

वडा नम्बर–२ र ५ को मतगणना जारी छ । वडा नम्बर–५ स्थित प्रगति प्रावि कटुञ्जे बुथमा ३०० मत गणना हुँदा खड्काले १४१ मत पाएका छन् । सो बुथबाट माओवादी केन्द्रका तामाङले १३० मत पाएका छन् । वडा नम्बर–२ दिमिपोखरीमा ४०३ मत गन्दा कमानले १८१ मत पाएका छन् । तामाङले १८३ मत पाएका छन् । सो मतदानस्थलमा नेकपा एमालेका अध्यक्षका योञ्जनले २४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप