शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेहा कक्कडका श्रीमान् रोहनप्रितको एप्पल वाच, आइफोन र हिराको औँठी चोरी

आइतबार, ०१ जेठ २०७९, ११ : ०१
आइतबार, ०१ जेठ २०७९

बलिउडकी चर्चित गायिका नेहा कक्कडका श्रीमान् रोहनप्रित सिंहको हिमाचल प्रदेशको मंडी जिल्लाको एउटा चर्चित होटलमा एप्पल वाच, आइफोन र हिराको औँठी चारी भएको छ । सूचना पाउने बित्तिकै प्रहरीले यसबारे छानबिन सुरु गरेको छ ।

 पंजाबी गायक रोहनप्रित शुक्रबार राती उक्त होटमा बसेका थिए । बिहान उठ्दा उनले टेबलमा रोखेको न घडी थियो न फोन न त औँठी नै थियो । प्रहरीले होटलको सीसीटिभी अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले बताएको छ ।

यस्तै, कर्मचारीसँग पनि सोधपुछ जारी छ । एचपी मंडी शालिनी अग्निहोत्रीले यसबारे पुष्टि गरेकी छिन् । उनले होटलका कर्मचारीसँग सोधपुछ गरिएको जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप