शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिका : जगन्नाथले ल्याए ४३० मत, अरु उम्मेदवार कसको कति ?

आइतबार, ०१ जेठ २०७९, १० : ५०
आइतबार, ०१ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ४३० मत प्राप्त गरेका छन् । कुल ३३०५ मत गणना हुँदा काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले  ४३० मत प्राप्त गरेका हुन् । 
यस्तै गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी रेनु दाहालले सर्वाधिक १२०८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत पाएका छन् । 

यस्तै उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १३३० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत पाएकी छन् ।  यसैबीच भरतपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् । 

महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप