शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार ध्रुव चौलागाई निर्वाचित

आइतबार, ०१ जेठ २०७९, १० : ३०
आइतबार, ०१ जेठ २०७९

रामेछापको सुनापती गाउँपालिका वडा नम्बर–१ को अध्यक्षमा ध्रुव प्रसाद चौलागाईं निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार चौलागाईंले माओवादी केन्द्रका उम्मेदवार चण्डेश्वर चौलागाईंलाई १५ मतले पछि पारेका छन् ।

अन्तिम मत परिणाम अनुसार ध्रुव चौलाईंले ९३२ मत हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी चण्डेश्वरले ९१७ मत पाएका छन् । वडा नम्बर १ मा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार कमान खड्का अगाडी छन् । सो वडामा खड्काले ९२४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठुलोकान्छा तामाङले ८९४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार ज्ञान कुमार योञ्जनले ३३० मत पाएका छन् । वडा नम्बर–१ गुन्सीमा २१ सय ४६ मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप