शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका १७ पालिकामा को कहाँ अगाडि ? (सूचीसहित)

आइतबार, ०१ जेठ २०७९, १० : २६
आइतबार, ०१ जेठ २०७९

मोरङको १७ वटा पालिकामध्ये ९ वटामा काँग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले ५ वटा पालिकामा जितेको थियो भने काँग्रेसले १० वटा पालिकामा जितेको थियो । ०७४ सालको निर्वाचनमा १/१ वटा पालिका जितेका माओवादी र जनता समाजवादी पार्टीले कुनै पनि पालिकामा अग्रता लिन सकेका छैनन् ।

काँग्रेसले यसअगाडि जितेका पालिकाहरु केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, धनपालथान गाउँपालिकामा एमालेले अग्रता लिएको छ । यस्तै एमालेले यसअघि जितेको मिक्लाजुङ गाउँपालिकामा गठबन्धन अगाडि छ । यस्तै एमालेले जितेको ग्रामथान र जसपाले जितेको जहदा गाउँपालिकामा काँग्रेस अगाडि छ । माओवादी केन्द्रले जितेको रंगेली नगरपालिकामा भने एमाले अगाडि छ । 

विस्तृत विवरण 
विराटनगर महानगरपालिका प्रमुख/उपप्रमुख

काँग्रेस (रुख) २५८३/६७५ (छाता)
एमाले (सूर्य) १६१५/८५३

उर्लाबारी नगरपालिका प्रमुख/उपप्रमुख
काँग्रेस (रुख) १११८/३६८
एमाले (सूर्य) १८००/५१७

बेलबारी नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ७३३/६५१
काँग्रेस (रुख) ५६८/५०६

सुन्दरहरैंचा नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ९४५/१०२७
काँग्रेस (रुख) १०८३/५६५ (हँसिया हथौडा)

पथरीशनिश्चरे नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) १६९/१२५
काँग्रेस (रुख) १३८/१४६

सुनवर्षी नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ३८६/३११
काँग्रेस (रुख) ४११/४१७

रंगेली नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ८९७/८७३
काँग्रेस (रुख) ७१९/३१५ (छाता)

लेटाङ नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) १३५५/१२८३
काँग्रेस (रुख) ९८६/६६८ (हँसिया हथौडा)

रतुवामाई नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ८४८/६८०
काँग्रेस (रुख) १०४१/६२२ (हँसिया हथौडा)

बुढीगंगा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) १२५/१६७
काँग्रेस (रुख) २५५/२११

धनपालथान गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ४३६/२१३
काँग्रेस (रुख) ३९९/३८१

ग्रामथान गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ७२४/७६४
काँग्रेस (रुख) ९०६/६८३

जहदा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) १७५/१८८
काँग्रेस (रुख) ५०२/४६०

कानेपोखरी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) २६९८/२८५९
काँग्रेस (रुख) १७४४/२१६३

कटहरी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ५४३/६५१
काँग्रेस (रुख) ११८०/९५५

केराबारी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ६३५/५९७
काँग्रेस (रुख) ४०९/५३८

मिक्लाजुङ गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) २९३४/२४९३
काँग्रेस (रुख) ३८९१/२८०८ (हँसिया हथौडा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप