शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगर नगरपालिकाको अपडेटः कसको कति मत ?

आइतबार, ०१ जेठ २०७९, १० : १९
आइतबार, ०१ जेठ २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । काँग्रेसका मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले १६१६ मतका साथ अग्रता कायम गरेका हुन् । यस्तै एमालेकी मोहन माया भण्डारीले १५३५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्द श्याम गिरीले ६४४ मत पाएका छन् । 

यस्तै उपप्रमुखतर्फ नेकपा एमालेका निलकण्ठ खनालले १८०० मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी शान्ति ढकालले १४६४ मत प्राप्त गरेकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मीकुमारी सार्की १४० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार अनिल ढकालले ७७ मत पाएका छन् । 

वीरेन्द्रनगर–१ को मतगणना जारी रहँदा वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्रीले ९०० तथा एमालेका गंगाराम सुनारले ७८८ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका चन्द्रबहादुर नेपालीले ५११ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप