बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४०० एकडमा प्राचिन नालान्दा विश्‍वविद्यालय ब्युँताउँदैछ भारत

आइतबार, ०१ जेठ २०७९, ०९ : ५६
आइतबार, ०१ जेठ २०७९


राजगिर । म्यानमारका एक छात्रा पारम्परिक मैनबत्ति नृत्य गरिरहेकी छन ्। उनको पछाडि राखिएको एक विशाल स्क्रिनमा क्षितिजसम्म फैलिने गरी हराभरा धान लहराइरहेको देखिन्छ छ ।

यस्तै,  भुटानको अर्को एक समूह पारम्परिक पोशाक पहिरिएका छात्रा मन्त्रोच्चारण गरिहेका छन् । पृष्‍ठभूमिमा पारोको प्रसिद्ध तकसाङ गुम्बा देखिन्छ । भारतीय छात्रहरूको एक समूह हिन्दी गीतमा सुर मिलाउने प्रयासमा छ ।

यी दृश्य भारतको ७५औँ स्वाधीनता दिवसमा नालन्दा विश्‍वविद्यालयमा आयोजित समारोहका हुन् । नालान्दा विश्वविद्यालय शिक्षाको प्राचीन केन्द्र नालन्दाकै भग्नावशेष नजिक विस्तारै आकार लिदैँछ ।

विश्‍वविद्यालयको अन्तर्रा‍ष्ट्रिय चरित्र प्रदर्शन गदै फेब्रुअरी २५ मा विश्वविद्यालयमा पढ्ने विभिन्‍न देशका विद्यार्थी २५ फेब्रुअरीमा ‘आजादीका अमृत महोत्सव’ मनाउन अडिटोरियममा भेला भएका थिए । भारतको केन्द्र सरकारले यो प्राचिनस्थलको सम्मानमा यो वर्षभर राखेका विभिन्न समारोहमा ‘आजादीका अमृत महोत्सव पनि एक रहेको छ ।

नालान्दा विश्वविद्यालयको पुरानो संस्करण पूरै एसियाभर प्रसिद्ध बौद्ध विश्‍वविद्यालय थियो । झण्डै १५ सय वर्षअघिसम्म सक्रिय रहेको नालान्दाकै स्वरुपमा आधुनिक नालन्दालाई एक अन्तर्रा‍ष्ट्रिय विश्‍वविद्यालयको रुपमा विकसित गरिएको छ । यसले दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकका विद्यार्थीलाई आपसमा जोड्ने लक्ष लिएको छ ।

प्राचीन मगधको शिक्षा केन्द्रलाई पुनर्जीवित गर्ने निर्णय यसअघिको मनमोहन सिंहको सरकारले सन् २०१० मा लिएको थियो, जब भारतीय संसदमा एक विधेयकमार्फत् यसको जग बसालिएको थियो । शुरुवाती अवरोध पार गर्दै विश्वविद्यालयले सन् २०१४ मा विद्यार्थीको पहिलो ब्याच लियो, जसमा जम्मा १२ विद्यार्थी थिए ।

विश्‍वविद्यालयले शुरुका वर्षमा दिल्लीमा एक कार्यालय लिएर काम गरेको थियो । त्यसपछि यो बिहारको राजगीरमा स¥यो । सन् २०१९ देखि भने अहिलेको ठाउँमा अध्यापन गराउन थालिएको छ । अहिले भारतीय र विदेशी गरी पाँच सय विद्यार्थी यहाँ अध्ययनरत छन् ।

सुरुवाती आलोचना

विश्‍वविद्यालयले ६ संकायबाट शैक्षिक कार्यक्रम सञ्‍चालन गरिरहेको छ । अब पूर्वाधार र शैक्षिक कार्यक्रम दुवैमा यो विश्‍वविद्यालयले लय समातेको छ । पहिले यस्तो अवस्था थिएन । प्रारम्भका दिनमा विश्‍वविद्यालयको अवस्थालाई लिएर अत्यधिक आलोचना भएको थियो ।

विश्वविद्यालयको सुरुवातभन्दा तीन वर्षअघि सन् २००७ मा भारतीय मुलका नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनको संयोजकत्वमा विश्वविद्यालयको निर्माणमा मार्गदर्शनका लागि एक सल्लाहकार समूह गठन गरिएको थियो ।

समूहमा सिंगापुरका पूर्वविदेशमन्त्री जर्ज यिओ, शिक्षाविद गोपा सभरवाल, अर्थशास्त्री एनके सिंह, अर्थशास्त्री मेघनाथ देसाईं, थाइ शिक्षाविद प्रपोद असाब बिरुल्हाकर्ण, सिंगापुरका इतिहासकार वाङ गुमगवु, जापानी विद्वान सुसुमू नाकनिसी, पेकिङ विश्‍वविद्यालयका प्राध्यापक वाङ बांगवे, न्युयोर्क सिटी युनिभर्सिटीका तानसेन सेन, इतिहासकार सुगाता बोस र भारतीय विदेश मन्त्रालयका तत्कालीन सचिव प्रिती शरणजस्ता दिग्गजहरु थिए ।

सन् २०१६ नोभेम्बरमा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भंग नगरेसम्म यो समूहले प्रशासनिक निकायको रूपमा काम ग¥यो । समूह भंग गरिएपछि केही सदस्यले असन्तुष्टि व्यक्त गरे । ‘नालन्दासम्बन्ध अमत्र्य सेनको परिकल्पनालाई परिवर्तन गर्न उनको नेतृत्वमा रहेका समूह भंग गरियो,’ समूहका एक सदस्य मेघनाद देसाईंले त्यस बेला भनेका थिए ।

अमत्र्य सेनको तलबलाई लिएर पनि विवाद सिर्जना गरियो । सन् २०१५ मा भारतीय जनता पार्टी (भाजपा)का सांसद सुब्रमण्यमले विश्‍वविद्यालयको चान्सलरका रूपमा अमत्र्य सेनलाई वर्षेनी ५० लाख रुपैयाँ तलब दिने गरेको दाबी गरे ।  तर, विश्‍वविद्यालयले तत्काल उनको भनाइ खण्डन गर्दै सेनले कुनै तलब सुविधा नलिएको स्पष्‍ट पारेको थियो ।

सोही वर्ष मोदी सरकारका आलोचक रहेका डा. सेनले विश्‍वविद्यालयका चान्सलरको पुनर्नियुक्तीमा ढिलाई गरेको आरोपमा दोस्रो कार्यकाल चान्सलर नहुने घोषणा गरे । भारतीय विदेश मन्त्रालयले सेनको आरोपको पनि खण्डन ग¥यो ।

फेरि दुई वर्षपछि विश्‍वविद्यालयका विद्यार्थीले सुरुमा बाचा गरिए अनुरुपको शैक्षिक अनुभव नदिइएको भन्दै बीचमै पढाइ छाड्न थालेको समाचार आउन थाल्यो । तर, विश्‍वविद्यालय आफ्नो मूल परिकल्पनाबाट टाढा नगएका भारत पूर्वराजस्व सचिव तथा १५ औँ वित्त आयोगका अध्यक्ष एनके सिंह बताउँछन् ।

‘दक्षिण–पूर्वी एसियाका विभिन्‍न हिस्साका विद्यार्थीहरूबीच पुलको काम गर्ने यसको मूल अवधारणा हो र यही यसको दिर्घकालीन लक्ष्‍य पनि हो । विश्‍वविद्यालयको प्रशासनिक तहमा परिवर्तन भएको छ तर, यसको लक्ष उही कायम छ । ’

पुरानो नालान्दाको प्रारुपमा नयाँ क्याम्पस

विश्‍वविद्यालयकी वर्तमान उपकुलपति सुनैना सिंह र अध्यापक अब पुराना विवादलाई पछाडि छाड्दै शैक्षिक उत्कृष्‍टतातर्फ अघि प्रयासमा छन् । त्यसै योजना अन्तर्गत फेब्रुअरीमा विश्‍वविद्यालयले आफ्ना नवनिर्मित भवन अनावरण ग¥यो ।

सन् २०१७ मा यीनको निर्माण केवल ०.२८ प्रतिशत मात्र पूरा भएको थियो । सन् २०२१ मा आइपुग्दा ८० प्रतिशत निर्माण सकियो । अहिले करिब २०० वटा संरचना तयार भएका छन् । तिनमा एक एम्पिथिएटर, एक ध्यान कक्ष, कक्षाकोठा, प्रशासनिक ब्लकसमेत छन् । र, विश्‍वविद्यालयका पूर्वाधार ४४३ एकड क्षेत्रफलमा फैलिएको छ ।

नवनिर्मित क्याम्पस भवन प्रवेश गर्ने जो कोहीले महसुस गर्ने पहिलो कुरा हो यो प्राचिन नालान्दा विश्वविद्यालयको प्रतिरुप देखिन्छ ।

हाल नवनिर्मित विश्‍वविद्यालय परिसर वास्तविक नालन्दा विश्‍वविद्यालय परिसरबाट करिब १० किलोमिटर टाढा छ । खण्डहर रुपमा रहेको प्राचीन नालन्दा विश्‍वविद्यालय राजगीर मै छ । यो युनेस्को विश्‍व सम्पदामा सूचीकृत छ । र, कोभिड अघि वर्षेनी त्यहाँ २००० देखि ४००० सम्म विदेशी पर्यटक पुग्थे ।

नालन्दा विश्‍वविद्यालयमा अतीत फेरि जीवित भएर उठेको छ । नयाँ विश्‍वविद्यालयको वास्तुकला डिजाइन तयार पार्न पुरानो विश्‍वविद्यालयको विषयगत डिजाइनलाई पूर्ण ध्यान दिइएको छ । प्राचिन नालान्दाको दुई ठूला जलाशय, चर्चित इट्टाको डिजाइन र उँचो छत सबै जस्ताको त्यस्तै राखिएको छ ।

क्याम्पसको गेट प्रवेश गरेपछि आखाँले देखेसम्म क्याम्पस भवन देखिन्छ । क्याम्पसमा पहिले प्रशासनिक ब्लक आउँछ, जुन एक तालको छेउमा रहेको छ । भवनको प्राङ्गणमा भारतको झण्डा फहाराईरहेको छ ।

प्रशासनिक ब्लकबाट दुई किलोमिटर टाढा शिक्षण ब्लक र अडिटोरियम छ । शिक्षण ब्लकका कक्षाकोठाको दुवै भागमा खुल्ला स्थान छन् । यो स्थान कक्षाबीचका ब्रेकमा छलफलका लागि राखिएको हो ।

प्रशासनिक ब्लक, शिक्षण ब्लक, फ्याकल्टी भवन र अडिटोरियमहरु प्रयोगका लागि तयार भईसके भने अरु संरचना निर्माणको अन्तिम चरणमा छन् ।

यी भवनका पर्खाल मोटा छन् अनि छतहरू धेरै अग्ला । त्यसमा प्राचीन भारतको निर्माण मापदण्डहरूको नक्कल गरिएको छ। कक्षा कोठा पनि त्यसरी नै डिजाइन गरिएको छ ।

विश्‍वविद्यालयको नयाँ परिसर आर्किटेक्ट राजीव कथपालिया र उनको टिमले तयार पारेको हो । उनको टिमले नयाँ क्याम्पसको आर्किटेक्र नक्सा बनाउन प्राचीन नालन्दा विश्‍वविद्यालयको डिजाइन अध्ययन गरेको थियो ।

नालन्दा विश्‍वविद्यालयको आधिकारिक वेबसाइटअनुसार प्राचीनकालमा त्यो एक आवासीय विश्‍वविद्यालय थियो, जहाँ दुई हजार शिक्षक, १० हजार विद्यार्थी हुन्थे । ‘यस विश्वविद्यालयमा चीन, कोरिया, जापान, तिब्बत, मंगोलिया, टर्की, श्रीलंका र दक्षिण–पूर्वी एसियाली मुलुकका विद्यार्थी हुने त्यस क्षेत्रबाट आएको अध्यताले यो विश्‍वविद्यालयको माहोल, वास्तुकला र शिक्षाबारे तिनको लेखनमा व्याख्या गरेका छन्,’ वेबसाईटमा लेखिएको छ ।

प्राचिन नालान्दा विश्वविद्यालयको सबैभन्दा सजिब व्याख्या चिनियाँ अध्ययताका लेखमा पाइएको छ । तिनमा पनि सुयान झाङले यस बारे स्पष्ट लेखेका छन् । तिनले यहाँबाट लगेको कैयौँ सामग्रीलाई चिनियाँमा अनुवाद पनि गरेका थिए । 

‘सन् २०१७ मा म पहिलोपटक मलाई यहाँ कति काम भएको हेर्ने जिम्मेवारी तोकिएको थियो । अहिले यसमा थप के गर्न सकिन्छ भनेर जिम्मेवारी आएको छ,’ उपकुलपति सुनैना सिंह भन्छिन् । अहिले देखिएका अधिकांश संरचना सिंह उपकुलपति बनेर आएपछि पुरा भएको हो । उनी फ्याकल्टीकी एक मात्र सदस्य हुन्, जो विश्‍वविद्यालय परिसरमै बस्छिन् ।

‘प्राचिन नालान्दाको परम्परा अनुसार विश्वविद्यालय भवन आवासीय हुनुपर्छ । सबै विद्यार्थी तथा फ्याकल्टी सदस्यहरु क्याम्पसमै रहनुपर्ने व्यवस्था हुनुपर्छ । विस्तारै पूर्वाधार निर्माण भएपछि सबै यही सर्नेछन् ,’ सिहले भनिन् ।

अहिले यहाँका छात्रछात्रा क्याम्पसभन्दा ३ किमी टाढा रहेको राजगीर शहरका अस्थायी होस्टेलहरूमा बसिरहेका छन्। उनीहरूका लागि पनि आवासीय क्षेत्र तयार भएपछि सबै विश्‍वविद्यालय परिसरमै सारिनेछन्।

नालान्दा विश्वविद्यालयका कोर्सहरु

नालन्दा विश्‍वविद्यालयले स्कुल अफ इकोलाली एण्ड इन्भाईरोन्मेन्ट (पारिस्थितिक तथा पर्यावरण) र हिस्टोरिकल स्टडिज (ऐतिहासिक अध्ययन) गरी दुई स्‍नातकोत्तर कोर्स चलाइरहेको छ ।

विश्‍वविद्यालयमा ६ वटा संकाय (स्कुल) छन् । स्कुल अफ बुद्धिस्ट स्टडी (बौद्ध अध्ययन), फिलोसोफी (दर्शनशास्त्र) र कम्पेरेटिभ रिलिजन (तुलनात्मक धर्म) गरी तीन विषयमा स्‍नातकोत्तर र विद्यावारिधिको व्यवस्था छ । र, सनातक हिन्दु अध्ययनमा एक स्‍नातकोत्तर कक्षा सञ्‍चालनमा छ ।

स्कुल अफ इकोलोजी एण्ड इन्भारमेन्ट स्टडिज र स्कुल अफ हिस्टोरिकल स्टडिज दुवैले स्‍नातकोत्तर कक्षा सञ्‍चालन गरिरहेका छन् । स्कुल अफ ल्याङ्ग्वेज एन्ड लिटरेचर (मानविकी) ले विश्‍व साहित्यमा स्‍नातकोत्तर कोर्स पढाउँछ । कोरियाली, संस्कृत, अंग्रेजी, पाली र तिब्बती भाषामा अल्पकालीन कार्यक्रम सञ्‍चालन भइरहेको छ ।

स्कुल अफ म्यानेजमेन्टमा दीगो विकास र व्यवस्थापनमा एक एमबीए कोर्स चलिरहेको छ । सेन्टर फर बे अफ बंगाल स्टडिज, कमन आर्काइभल रिसोर्स सेन्टर तथा सेन्टर फर कन्फ्लिक्ट रिजोलुसन एन्ड पिस स्टडिज पनि विश्‍वविद्यालय कोर्समा समावेश छन् ।

विश्‍वविद्यालयले एक ग्लोबल पीएचडी कार्यक्रम शुरु गरेको छ । ‘बौद्ध धर्ममा महिलाहरूको छविको ऐतिहासिक अध्ययन’, ‘ड्रुपका काजयू वंशको छिपेका रत्‍न’ र ‘प्रारम्भिक भारत (आठौँ र नवौँ शताब्दी) का महामारी’ विषयमा पठनपाठन गराइन्छ, यस प्रोग्राममा ।

उपकुलपति सिंहका अनुसार ‘कुनै पनि संकायमा अध्ययन गरेका  विद्यार्थीले विश्‍वविद्यालयमा आवेदन दिन र अध्ययन’ गर्न सक्छन् । उनको भनाइमा अहिले ३१ मुलुकका करिब २०० अन्तर्राष्ट्रिय विद्यार्थी विश्वविद्यालयमा भर्ना भएका छन् । नेपाल, बंगलादेश, भुटान, कम्बोडिया, कोलम्बियाm इन्डोनेसिया, लाओस, मलेसिया, पेरू, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, भियतनाम र मेक्सिकोका विद्यार्थी अहिले अध्ययनरत छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले दीगो विकास र व्यवस्थापनमा एमबीए कोर्समा रुचि देखाउँदै आएका छन् । अधिकांश विद्यार्थी बौद्ध र हिन्दू अध्ययनमा रुचि राख्छन् । विश्वविद्यालयले राजस्थानको नीमराना क्षेत्रमा एक क्याम्पस बनाएर अन्डरग्र्याजुएट कोर्सहरू पनि शुरु गराउने योजना बनाएको छ ।

यहाँको कोर्स मात्र होइन, सस्तो शुल्कका कारण नालन्दा विश्‍वविद्यालयले भविष्‍यमा धेरैलाई आकर्षित गर्ने सम्भावना छ । विश्वविद्यालयको आधिकारिक बेवसाईट अनुसार अन्तर्रा‍ष्ट्रिय छात्रछात्राले स्नातकोत्तर कोर्सका लागि प्रतिसेमेस्टर ४७० अमेरिकी डलर अर्थात ३५ हजार भारतीय रुपैयाँ शूल्क तिर्नुपर्छ । भारतीय छात्रछात्रालाई भने शुल्क केही कम अर्थात प्रतिसेमेस्टर ३० हजार पाँच सय भारु तोकिएको छ ।

अहिले विश्‍वविद्यालयमा ४७ जना फ्याकल्टी सदस्य र १७ जना भिजिटिङ लेक्चरहरू उपलब्ध छन् ।

विश्‍वविद्यालयले फ्याकल्टी सदस्यहरूलाई आकर्षित गर्न राम्रो पूर्वाधार निर्माणमा जोड दिएको छ । आगामी पाँच वर्षभित्र फ्याकल्टी सदस्यहरूका लागि राम्रो आवास तयार पारिसक्ने उपकुलपति सिंहको योजना छ ।

अहिले पूर्वआईएएस अधिकारी अरविन्द शर्मा पनि नालन्दा विश्‍वविद्यालयमा पढाउन थालेका छन्, जो क्यानाडाको मकगिल युनिभर्सिटीमा पनि पढाउँछन्। उनी नालन्दा विश्‍वविद्यालयको गभर्निङ बोर्डमा सदस्य पनि हुन् ।

अन्तर्राष्ट्रिय फ्याकल्टी सदस्यमा इटालीको रोमस्थित सेपिएन्जा युनिभर्सिटीका प्राध्यापक एन्टोनियो रेफान, अमेरिकाको ब्राउन युनिभर्सिटीका यान पियरे मोन्टेल र श्रीलंकाको कोलम्बो युनिभर्सिटीका असांगा तिलकरत्‍ने छन् ।

विश्वविद्यालयका दरबन्दीका शिक्षक बाहेक इन्डियन इन्स्टिच्युट अफ एडभान्स स्टडिजका निर्देशक माकरन्ड परान्जपे र जवाहरलाल नेहरू युनिभर्सिटीको सेन्टर फर हिस्टोरिकल स्टडिजका अध्यक्ष प्राध्यापक हीरामन तिवारी पनि नालन्दा विश्‍वविद्यालयसँग आबद्ध छन् ।

द प्रिन्टका लागि कृतिका शर्माले तयार पारेको आलेख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप