मोरङको चार स्थानीय तहमा ५ वडाध्यक्षसहित २६ जना निर्वाचित
मोरङको चार वटा स्थानीय तहमा वडाध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
कटरी गाउँपालिकामा १ नं. वडाको वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहन प्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । यसै गरी धनपालथान गाउँपालिका १ मा माओवादी केन्द्रका खाजा हुसेन मियाँले ५ सय ८२ मत ल्याएर वडाध्यक्षमा जितेका छन् । सुनवर्षी नगरपालिका १ मा काँग्रेसका वीर बहादुर राईले १ हजार २ सय ११ मत ल्याएर वडाध्यक्षमा विजयी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यव अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय