शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु

आइतबार, ०१ जेठ २०७९, ०९ : १५
आइतबार, ०१ जेठ २०७९

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर घर भएका १६ वर्षीय प्रशान्त वलीको तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित हजुरआमाको घरमा पूजामा आएको अवस्थामा उक्त नदीमा डुबी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही नदीको किनारामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप