सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव
सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो ।
तर शान्ति पूर्णरुपमा मतदान भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव हुने भएपछि स्थानीयहरू आक्रोशित छन् । बाजुराको बुढीनन्दा‐८ को पालिका पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ । सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान स्थगित भएको थियो । बाजुरामा चुनावको नयाँ मिति तोकिएको छैन ।
बझाङको जयपृथ्वी नगरपालिका सुनिपिपल चौर माविका दुई केन्द्रमा भने आज चुनाव हुँदैछ । यस्तै बझाङकै सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र आधावगर माविका दुई केन्द्रमा भोलि मतदान हुने भएको छ । यस्तै बझाङकै केदारस्यूँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्रमा पनि भोलि मतदान हुने भएको निर्वाचन आयोगको ई बुलेटिनमा उल्लेख छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका विजय मावि, भीम विकासबस्तीको् एक केन्द्र, अछामको साँफेबगर नगरपालिका राष्ट्रिय मावि, बाबला दुई र अछामकै पञ्चदेवलविनायक नगरपालिका नवज्योति माविका दुई केन्द्रको मिति पनि तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे