कोभिडले इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढे
कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा झण्डै दोब्बरले बढेका छन्। एकातर्फ कोभिड महामारीका कारणले 'वर्क फ्रम होम' अर्थात् घरमै बसीबसी कार्यालयको काम गर्न सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढाएको हो। अर्कोतर्फ विद्यालयको पठनपाठन पनि भर्चुअल अर्थात् अनलाइनमाध्यमबाट सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९४ लाख ४१ हजार सात सय १० रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९को संक्रमण देखिएसँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिव २४ लाख बढेर २ करोड १८ लाख तीन हजार ३ सय ४५ पुगेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या विगतको वर्षको तुलनामा अझै बढेर ३ करोड ९ लाख ९३ हजार एक सय ८५ पुग्यो। प्राधिकरणको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ को असार मसान्तसम्म तीन करोड ९ लाख ९३ हजार एक सय ८३ इन्टरनेट प्रयोगकर्ता रहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै
-
नागरिक लक्षित प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
-
जापानी कलाकार युमीको सम्झना र नेपाली संस्कारलाई बोकेर हिँडेका कला
-
मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास
-
कार र बाइक जित्दाको खुसी, तस्बिरहरू
-
प्रधान सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण