नेपालमा १० वटा नाउर र झारलको सिकार
विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन ।
फागुनदेखि वैशाखसम्मको सिकारी मौसममा सिकार गर्ने अनुमति लिएका पाँच जनाले भने सिकार मार्न सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट नौवटा नाउर र छवटा झारलको सिकार गर्न अनुमति दिइएको थियो । तीमध्ये १० जनाले मात्र सिकार मार्न सफल भएको विभागले जनाएको छ ।
सिकार गर्न सफल सिकारीले नेपालबाट आफ्नो देशमा ती वन्यजन्तुको छाला र सिङ आफ्नो मुलुक लान पाउने व्यवस्था छ । विभागका व्यवस्थापन अधिकृत अशोक भण्डारीका अनुसार सिकारीले मारेको सिकारको छाला र सिङलाई आफ्नो मुलुक लैजान पाउने गरी साइटिसले अनुमति दिनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु