कोलकाताले हैदरावादलाई ५४ रनले हरायो
आईपीएलको ६१ औँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै दुई अंक मात्र बटुलेन, अंक तालिकामा राम्रो नेट रन रेट पनि बनाएको छ र हैदरावाद र पञ्जाबलाई पछि पार्दै छैटौँ स्थानमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले आन्द्रे रसेलको अविजित ४९ रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो ।हैदरावादका लागि उमरान मलिकले तीन विकेट लिए । जवाफमा हैदरावादले निकै ढिलो सुरुआत गर्यो र उसको विकेट पनि लगातार खस्दै गयो । ओपनर अभिषेक शर्माले ४३ रन बनाए भने एडन मार्करमले ३२ रनको योगदान दिए । शशांक सिंहले ११ रन बनाए । यी तीन ब्याट्सम्यानबाहेक अरू कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
हैदरावादको इनिङ्समा आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गर्दै ३ विकेट लिए । टिम साउथीले दुई विकेट लिए । योसँगै कोलकाताले प्लेअफको दौडमा दुई कदम अगाडि बढ्दै अंक तालिकामा १२ अंक जोड्दै हैदरावाद र पञ्जाबलाई पछि पार्दै छैटौँ स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या