८ पालिकामा सत्ता गठबन्धन विजयी, एमाले एक्लैले जित्यो ६ पालिका (सूचीसहित)
सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा एक नगरपालिका समेटिएको छ भने बाँकी सबै गाउँपालिका हुन् । नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिकामध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले एक र एकीकृत समाजवादी पार्टीले ३ पालिका जितेको छ ।
एकीकृत समाजवादीले जितेका डोल्पाका दुबै पालिका निर्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको महानगरपालिका र उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा गठबन्धन रहेको छ ।
मतगणनाको प्रारम्भिक रुझान अनुसार काँग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । काँग्रेस हालसम्म मतगणना भएकामध्ये १७० भन्दा बढी पालिकामा अग्रस्थानमा रहेको छ भने एमाले १०० भन्दा बढी पालिकामा अघि रहेको छ ।
यस्तै माओवादी ६० को हाराहारीका पालिकामा अग्रस्थानमा हुँदा जसपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरुले पनि केही सिटमा अग्रता राखेका छन् । हालसम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा दलहरुले जितेका पालिका यसप्रकार छन् :
काँग्रेससहित गठबन्धनतले जितेका पालिका
– कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिकाबाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिकाबाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँपालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिकाबाट खिलध्वज पन्थी विजयी भएका छन् ।
– एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपालिकाबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल गरेका छन् ।
– माओवादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालिकाबाट विजयी भएका छन् ।
एमालेले जितेका पालिका
–चामे गाउँपालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गाउँपालिकामा धावा धावा गुरुङ विजयी भएका छन् ।
– डिस्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।
–लोमङ्थाङ गाउँपालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् ।
स्थानीय तह निर्वाचनको सम्पूर्ण अपडेट रातोपाटीले पलपलमा अपडेट गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या