शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बर्दिबासमा माओवादीले खाता खोल्यो

शनिबार, ३१ वैशाख २०७९, २२ : २९
शनिबार, ३१ वैशाख २०७९

महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई  नौ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा विजयी लामाले सात सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप