डोटीका नौवटै पालिकामा मत गणना सुरु

डोटीका नौवटै स्थानीय तहमा मतगणना सुरु भएको छ । विभिन्न विषयमा विवाद भएपछि यहाँको केआईसिंह, सायल गाउँपालिका तथा शिखर नगरपालिकामा र दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु हुन सकेको थिएन । अन्य गाउँपालिकाहरू जोरायल, आदर्श, बडिकेदार, बोगटान फुड्सिल र पूर्वीचौकी गाउँपालिकामा भने गए रातिदेखि मतगणना सुरु भएको थियो ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मत पेटिका खोलेको भन्दै विवाद भएपछि बिहानदेखि मत गणना सुरु हुन सकेको थिएन । विवाद समाधान भएपछि अहिले ७ः ३० बजेदेखि जिल्लाका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटै स्थानीय तहमा मतगणनाको कार्य सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उनले भने, “पाँचवटा पालिकामा गए रातिदेखि मतगणनाको कार्य सुरु भएको थियो, चार वटामा विवाद भएका कारण मतगणना हुन सकेको थिएन अहिले विवाद समाधान भएपछि मतगणनाको कार्य सञ्चालन भएको छ ।”
जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ (६४ दशमलव ३३ प्रतिशत) मतदान भएको बताइएको छ । जिल्लामा मत गणना सुरु भएसँगै नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’