धनुषाको सबैलामा मेयर र उपमेयरमा एमालेको अग्रता
शनिबार, ३१ वैशाख २०७९, २२ : ०२
धनुषाको सबैला नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेका मेयर उम्मेदवार राजकिशोर यादव राकेशले १४१ मत ल्याएका छन् ।
यस्तै जनमत पार्टीका विशेश्वर प्रसाद साहले १०६, जगत सुन्दर मधुपले ९१, कारी राम यादव ७९, रामचन्द्र प्रसाद जयसवालले ४० मत ल्याएका छन् ।
यस्तै उपमेयरमा एमालेको १४५, जनमतको ११६, काँग्रेसको ९४, माओवादी केन्द्र ८०, लोसपाको ३३ र जसपाको २४ मत आएको छ ।