बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मतगणनाको रिपोर्टिङको क्रममा पत्रकारमाथि दुर्व्यवहार

शनिबार, ३१ वैशाख २०७९, २१ : ५०
शनिबार, ३१ वैशाख २०७९

सर्लाहीको लालबन्दीमा मतगणनाको रिपोर्टिङ गर्ने क्रममा सुरक्षाकर्मीले रिपोर्टिङको क्रममा पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ । शनिबार निर्वाचन अधिकृतको कार्यालय लालबन्दीको कम्पाउण्डमा  रिपोर्टिङ गर्न पुगेका राष्ट्रिय समाचार समिति(रासस) तथा सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता  शंकर पहाडीमाथि सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेका हुन् ।

निर्वाचन आचारसंहिता अनुसार आफूले रिपोर्टिङ गर्न कम्पाउन्ड भित्र प्रवेश गर्ने क्रममा प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पहाडीमाथि सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेको थियो । भित्र जान खोज्दा एकजना प्रहरी हवल्दार र सिपाहीले माथिको निर्देशन भन्दै क्यामेरा तथा मोबाइल खोस्ने प्रयास गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप